काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका सह-महामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकार अधिनायवादी बाटोतर्फ उन्मुख भएको र शान्ति सुरक्षा दिन असफल भएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क मार्फत प्रसारण हुने लोकप्रिय कार्यक्रम नेपाली वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानिमा सह-महामन्त्री डा.महतले यस्तो आरोप लगाएका हुन ।
उनले भने,‘वर्तमान सरकार पुरै असफल भएको छ, हरेक समस्याहरुलाई अनुसन्धान गर्नबाट पछि हटेको छ, बलात्कार, अपहरणका घटनाहरु बढि रहेका छन्, यस्तो स्थितिमा सरकार गम्भिर भएको पाईदैन, नेकपाका नेताहरु दुई तिहाईको दम्भ र अंहकारको मानसिकताले सरकार चलाउदैछन्।’
केही दिन अघि भक्तपुरमा भएको बालक अपहरण पछि हत्या गरिएको घटनालाई स्मरण गर्दै वर्तमान सरकार शान्ति सुरक्षा दिन असफल भएको दाबि गरे । उनले भने,‘सुन्दा पनि कहाली लाग्दो त्यो घटनालाई सरकारले गम्भिर रुपमा लिएको भए बालकलाई जिउँदै बचाउन सकिन्थ्यो कि ? त्यता फर्त सरकारको ध्यान कम पुगेको छ, बलात्कारका घटनाहरु त्यस्तै रुपमा बढि रहेका छन् ।’
उनले अघि थपे,’संविधानको व्यबस्था अनुसार सरकारनै चलेको छैन्, कानून मिच्नेकाम सरकारबाटै भएकोछ, बलात्कारीलाई कडा कारबाही गर्नेमा हामी तयार छौं, सरकारनै तयारनै छैन्,अर्बौको हिनामिना भईरहेको छ ।’
वर्तमान समयमा कांग्रेसले के गरिरहेको छ नि ? भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने,‘कांग्रेस पार्टी सबैभन्दा पहिले आन्तरिक रुपमा बलियो हुने कुरमा केन्द्रीत छ, अर्को महत्वपूर्ण कुरा काम भनेको वर्तमान सरकार अधिनायकवादी बाटो तर्फ जादैछ, जनता बिरोधी कामहरु गरिरहेको छ, त्यसबाट रोक्ने काममा कांग्रेस जुटेको छ ।’
कांग्रेसको महासमिति वैठक आगामी भदौमा हुने जानकारी दिदै सह–महामन्त्री महतले भने,‘उनले भनेपार्टी आन्तरित विवादमा फसेको छैन्, कार्यकर्ता पंत्तिबाट पार्टीको नेतृत्वलाई एकजुट भएर अघि बढ्न सुझाव दिईरहेका छन्, जनताको हितमा काम गर्नको लागि सक्रियताकासाथ पार्टी अघि बढ्छ ।’
नेपाल विद्यार्थी संघको निर्वाचन भदौभित्रै हुन्छ त ? भनेर सोधिएको अर्को प्रश्नको जवाफमा उनले भने, ‘आगामी भदौमा नेविसंघको दुईवर्षको कार्यकाल सकिदैछ,यो समयमा महाधिबेशन सम्भव छैन्, नेविसंघको नेतृत्वले विश्वसनियता पूर्ण कार्ययोजना ल्याएको खण्डमा तीन महिना समय थपिन्छ, यदि नेतृत्वले विश्वसनिय आधार दिएन भने नेविसंघको विधानलेनै केन्द्रीय कमिटि स्वतह भङ्गहुन्छ।’
उनले अघि थपे,‘नेविसंघ बिग्रेकै कारण उमेरले हो, क्याम्पस प्राणाली सेमिस्टार प्राणालीमा गैसकेको छ, विद्यार्थी नेताहरु क्याम्पस भन्दा बाहिरका जस्ता देखिने भयो, ३२ वर्षमुनिका विद्यार्थी नेताहरुको मात्रै उपस्थिति हुन्छ, त्यहाँ फरक वातावरण सिर्जना भईसकेको छ, यस्तो स्थितिमा नेविसंघले आफूलाई परिमार्जित गर्न सक्दैन भने के काम ?’