Logo

घुर्की लगाउन र गलत हर्कत नदेखाउन नारायणकाजीलाई ओलीको चेतावनी !



काठमाडौं, २५ साउन । सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आज पार्टीका प्रवक्ता समेत रहेका नेता नारायणकाजीलाई भेटेरै घुर्की नलगाउन र दंग्याउने काम बन्द गर्न चेतावनी दिएका छन् ।

नेता श्रेष्ठले हालै आफू प्रवक्तामा नहरने भन्दै राजिनामा दिएका थिए । तर, राजिनामा दिएको एक साता नबित्दै उनी पूर्ववतः प्रवक्ताको भूमिकामा मिडियाकर्मीहरुसामू देखा परेका छन् । पार्टीका अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्डसमेत नेता श्रेष्ठको उक्त हर्कतबाट आश्चर्यमा परेको नेकपाका एक नेताले बताएका छन् ।

नेता श्रेष्ठले तत्कालिन नेकपा माओवादी केन्द्रमा पनि पदबाट राजिनामा दिने र पूनः फेरि सोही पदमा बसेर काम गर्नेजस्ता गलत हर्कतहरु देखाउँदै आएको र अहिले नेकपामा पनि सोही हर्कत दोहोर्याएको एक नेताले नाम नबताउने शर्तमा आक्रोश पोखे ।

श्रेष्ठको पछिल्लो कदमले भविष्यमा नेकपाको एकतामाथि नै संकट आईपर्ने असहरुबारे पार्टीका नेता तथा कार्यकर्ताहरुको तहमा छलफल भैरहेको सन्दर्भमा आज प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले नेता श्रेष्ठलाई यस्तो गलत हर्कत नदोहोर्याउन चेतावनी दिएको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्