काठमाडौं, २७ साउन । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्र,प्रेस स्वतन्त्रता र मानअधिकारप्रति प्रतिवद्ध रहेको दावी गरेका छन् ।
आइतबार नेपाल मिडिया सोसाइटीको नवनिर्वाचित कार्य समितिलाई बालुवाटारमा बधाइ दिँदै प्रधानमन्त्री ओलीले नेपाल कम्यूनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिल्यै पनि खतरा नहुने स्पष्ट पारे ।
माइतीघर मण्डलाको बिषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको प्रधानमन्त्री ओलीले आरोप समेत लगाए ।
ओलीले भने,‘नेकपा लोकतन्त्रको जन्मदाता हो । यही पार्टीको सरकार भएका बेला लोकतन्त्र,प्रेस स्वतन्त्रता,मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुदैन, यो कुरा मिडियाले पनि बुझन् पर्दछ।’