काठठमाडौं, ३१ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले सार्वभौम व्यवस्थापिका संसदलाई झुटो बोलेर आम जनतालाई गुमराहमा राखेको खुलासा भएको छ ।
गत साउन २८ गते मन्त्री अधिकारीले दुई वटा वाईड बडी विमान खरिदमा भ्रष्टाचार तथा कुनै पनि अनियमितता नभएको भनेर प्रतिनिधि सभाको बैठकमा स्पष्टीकरण दिएका थिए । त्यतिमात्रै नभएर अधिकारीले आफू आउनुपुर्व नै वाईड बडी खरिदको लागि पैसा पठाईएको भनेर सार्वजनिक अभिव्यक्ति समेत दिएका थिए ।
तर, उक्त वाईड बडी खरिद गर्न अधिकारीले नै करिब १६ अर्ब रकम विनियोजन गरेको उच्च स्रोतको दाबी छ । वाईड बडी खरिदमा भ्रष्टाचार र अनियमितता नभएको भनेर मन्त्रीले यसरी संसदमा बोल्नु भनेको उनले नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारको बचाउ गर्नु हो ।
वाईड बडी खरिदमा यत्रो अनियमितता र भ्रष्टाचारको कुरा उठिरहँदा पनि यसबारे किन छानबिन हुँदैन भनेर अहिले चर्चा समेत भएको भैरहेको छ । मन्त्री अधिकारीले यदि आफू उक्त विमान खरिद प्रकरणमा संलग्न नभएको भए यथाशक्य छानबिन समिति बनाएर अघि बढ्नुपर्नेबारे चर्को आवाज उठिरहेको छ । उनले विमान खरिद प्रकरणमा अनियमितता गर्नेलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने पनि आवाज उठेको छ ।