भदौ १, काठमाण्डौ । नयाँ मुलुकी ऐनको विरोधमा एक युवकले सिंहदरवार अगाडि शुक्रबार नग्न भएर प्रदर्शन गरेका छन् । सडकमा नांगै हिँडेका उनलाई प्रहरीले पक्राउ गरेको छ ।
नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि जितिन लिम्बुले प्रदर्शन गरेका हुन् ।
जनावर सबै एक हनन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छापेका थिए ।
उनले तस्करी, बलात्कारी, घुसखोरीलाई कानुन लगाउनुको साटो गाई, गोरु मार्नेलाई कानुन लगाएकाले सरकारको विरोधमा सिंहदरबारमा धर्ना दिन आफूले नग्न प्रर्दशन गरेको प्रतिक्रिया दिएका छन् ।
सिंहदरवारको दक्षिण गेट नजिकै प्रदर्शन गरेका लिम्बुलाई प्रहरीले केही समयमा नियन्त्रणमा लिएको थियो ।
उनलाई प्रहरीले पक्राउ गेको छ । सार्वजनिक स्थानमा अश्लिलता प्रदर्शन गरेकाले उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारले जनाएको छ ।
हाल लिम्बुलाई वृत्तको हिरासतमा राखिएको छ ।
https://www.youtube.com/watch?v=DSrmiKKqsvY&feature=youtu.be