काठमाडौं, १ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध बृहत्त विरोध प्रदर्शन गरेको छ । कर वृद्धिको विरोधमा कांग्रेसले शुक्रबार बुटवलमा विरोध प्रदर्शन गरेको हो ।
बुटवल उपमहानगरपालिकाले ५ सय प्रतिशतसम्म गरेको करवृद्धि गरेको भन्दै कांग्रेसले फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको हो ।
अस्पताललाइनबाट नाराबाजीसहित सुरु भएको बिरोध र्याली नगर परिक्रमा गर्दै बुटवल उपमहानगरपालिकाको कार्यालय अगाडि पुगेको थियो । कार्यालयको मूल गेटमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच केहीबेर धकेलाधकेल समेत भएको थियो ।