Logo

एसियाडमा स्वर्णको भोको नेपाल



काठमाडौँ, २ साउन । एसियाडका खेलहरुमा बिशेष पदक बिहिन जस्तै बनिरहेको नेपाल स्वर्णका लागि तड्पिरहेको छ । ६७ वर्षे एसियाड इतिहासमा सहभागिता लाई हेर्ने हो भने नेपाल ‘‘‘स्वर्णको भोको’ रहेको देखिएको छ ।

नेपाली खेलाडीले कुल १५ संस्करण खेल्दासम्म एउटै स्वर्णपदक जित्न सकेका छैनन् । बैंकक एसियाड, १९९८ मा तेक्वान्दो खेलाडी सविता राजभण्डारीले जितेको रजतपदक नै अहिले सम्मको नेपालले जितेको एसियाड पदक रहेको जनाईएको छ ।

एसियाडको ईतिहाँसमा अहिलेसम्म नेपालले कुल १ रजत र २२ कांस्यपदक जित्न सफल रहेको छ । त्यसमा तेक्वान्दोको १ रजत र १३ कांस्य पर्दछन् । पछिल्लो दुई संस्करणमा नेपालले १–१ कांस्य पदकमै चित्त बुझाउनुपरेको थियो।

नेपाली खेलाडीले दक्षिण कोरियाको सोल एसियाड, १९८६ देखि पदक जित्न थालेका थिए। यो संस्करणमा बक्सिङ र तेक्वान्दोका खेलाडीले ४–४ कांस्यपदक जितेका थिए । त्यसयता सबै एसियाडमा नेपालले पदक जितेको छ । नेपालका लागि तेक्वान्दो नै सफल बनेको एसियाडमा दुई पदक जित्ने नेपाली खेलाडीको कीर्तिमान भने दीपक विष्टको नाममा रहेको



प्रतिक्रिया दिनुहोस्