काठमाडौँ, ३ भदौ । गृहमन्त्री रामबहादुर थापाले मुलुकमा समृद्धि हासिल गर्न खेल क्षेत्रको विकास गर्नु जरुरी रहेको बताएका छन ।
नेपाल शरीरिक सुगठन महासङ्घद्वारा आयोजित दोस्रो माउन्ट एभेरेस्ट शारीरिक सुगठन च्याम्पियनसीप २०७५ को समापन समारोहमा सम्बोधन गर्दै मन्त्री थापाले संसारका ठूला मुलुकले खेल क्षेत्रबाटै तीव्र आर्थिक विकास गरेको बताएका छन । मुलुक समृद्ध बनाउन खेल क्षेत्रमा लगानी गर्नुपर्ने उनले धारणा राखेका थिए ।
वर्तमान सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उनले खेल क्षेत्रमा रहेका सस्याको समाधान गरी आवश्यक नीति तथा कानून सरकारले बनाउने प्रतिबद्धता जनाएका छन । नेपाल अहिले विकासको चरणमा रहेको उल्लेख गर्दै युवा र खेल क्षेत्र जोडेर मुलुको विकास गर्न सकिने स्पष्ट पारेका थिए।
खेल कूटनीतिमार्फत विश्वका धेरै देशको सम्बन्ध सुधार भएको बताएका उनले टेबलटेनिस खेलबाट अमेरिका र चीनको सम्बन्ध सुधार भएको प्रसङ्ग पनि सुनाउन पछि परेनन । “पछिल्लो समय खेकूदकै माध्यबाट उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धसमेत सुधार भएको हामीले देखेका छौँ”, उनले भनेका छन।
प्रतियोगिताअन्तर्गत ५५ केजी तौल समूहमा आभाष प्याकुरेल, ६० केजीमा गौरव श्रेष्ठ, ६५ केजीमा आशिष धेवाजु, ७० केजी समूहमा सञ्जीव श्रेष्ठ ७५ मा मरिचमान लामा र ७५ केजीमाथि उमेश राई च्याम्पियन बनेनका थिए भने महिलातर्र्फ पम्फा राईले उपाधि उचालेकी छन।विजेतालाई मन्त्री थापाले प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए। रासस