-देवीराम थापा
क्यानडा
बोक्यो झोला, कुदयो गोर्खाली।
यात्रा लामो छ, कुदयो अध्यारोमै, फरक्यो अध्यारोमै।
घण्टा ठोक्यो, टम्म खायो, पल्टयो अध्यारोमै-२॥
बार त बारै हो-२,
के शनिवार, के आईतबार, उठ्छ जान्छ घण्टा ठोक्छ।
मौका मिले हप्तामा एक दिन दारू लडाउछ॥
अनि हप्ता भरीलाई सोच्छ, फेसबुकमा स्टाटस ठोक्छ।
मस्त सुत्छ, उठ्छ जान्छ, झोला बोक्छ अनि फेरी घण्टा ठोक्छ॥
डाक्टर देखी ईन्जिनियर-२, वक़ील देखी प्रोफ़ेसर।
एयरपोर्ट देखी सोच्छ, देख्छ अनि आएर घण्टा ठोक्छ॥
क्या समाबेशी देश,
सिद्धान्त नेपालमा घोक्छ, लागु याहॉ गर्छ।
हप्तामा एक रात टन्न घोक्छ, जर्दा कोच्छ अनि याहॉबाट नेपालको राजनीतिकों झोला बोक्छ।।
लडाउछ दुई, लगाऊछ फुई-२।
अनि वासरूम गई रून्छ कुईकुई, मॉकाफूई-२॥
हरदम खोक्छ, सपना देख्छ, बिदेश आएको छोराछोरीको लागी हो भन्छ।
बिहान अध्यारोमै झोला बोक्छ अनि १८ घण्टा ठोक्छ॥
छोरो उठ्छ बिहान अध्यारोमै-२
आखॉ मिच्छ, झोला च्याप्छ अनि स्कुल कुद्छ।
के पड्यो के पढ़ेन, न बाबु आमालाई पच्छ, सॉझ छोरों आईप्याड बोक्छ अनि पिज़्ज़ा टोक्छ॥
छोरो घरमा फर्र अंग्रेज़ी/र्फेन्च खोक्छ, हे ड्याड, हे मम्, बोजुँ बक्छ।
छोरोको खुबी देखेर बाबु आमाको बत्तीसै दन्त देख्छ-२॥
घण्टा ठोक्छ, भारी बोक्छ अनि सोच्छ, भो अब फर्कन्छु देश।
तर बिहान सखारै उठ्छ, झोला बोक्छ, समात्न कुद्दछ बस॥
यो ठोकाई र सोचाईको घम्साघम्सी लडाईमा-२
ठोकाई भन्छ, ठीक छ ठीक छ घण्टा ठोक, नत्र कसरी बॉच्छस, परीवार पाल्छस, रेमीट्यान्स पठाउछस।
अनि सनक्क उफ्रीदै सोचाई आउछ र भन्छ,
आं थिस् क़ाज़ी, भईस पॉजी-२॥
ठीक त्यसै बेला ठोकाई बोल्छ, आख़ीर तेरो सोचाई आउन पनि त ठोकाई नै चाहीन्छ।
नत्र तं सोचाई बेघरबार, बेअन्जान, बेअर्थी र बेखर्ची हुन्थीस्-२॥
त्यसैले युध्द जारी छ ठोकाई र सोचाईको-२॥