काठमाडौँ, ४ भदौ । जर्मन कप फुटबलको पहिलो चरणअन्तर्गत आइतबार बेलुका भएको खेलमा एउटा टिमले ११ गोल खाएको छ ।
खेलमा समग्रमा १२ गोल भएको थियो । जर्मन कपअन्तर्गत बुण्डेस लिगा क्लब बोरुसिया मोन्चेङ्ग्लाड्बाचले पाँचौँ लिग क्लब बिएससी हास्टेड्टलाई ११–१ ले हराएको छ ।
बोरुसियाका तीन खेलाडीले ह्याट्रिक गरेका छन् । पहिलो हाफमा ६ गोल गरेको बोरुसियाले दोस्रो हाफमा थप पाँच गोल गरेको हो बोरुसियाका लागि थोर्गन हजार्ड, क्लबमा डेब्यु गरेका एलासानी प्लेए तथा फाफाएलले ह्याट्रिक गरेका हुन् ।
नेउहाउस र होफम्यानले एक एक गोल गरे । बिएससीका लागि कुकुकले एक गोल फर्काए । एजेन्सी