Logo

उत्कृष्ट खेलाडिको लागि रोनाल्डो, लुका र सलाहबीच प्रतिस्पर्धा, मेसी आउट



भदौ ५, काठमाण्डौ । यसपटकको उत्कृष्ट खेलाडिको सूचिबाट लियोनल मेसी बाहिरिएका छन् । नेयमार पनि सूचिमा परेनन् ।

युरोपियन फुटबल महासंघ (युइएफए) ले वर्षको उत्कृष्ट ३ खेलाडीको सुची सार्वजनिक गरेको छ । युइएफएले सोमबार राति सार्वजनिक गरेको सुचीमा रियल मड्रिडका पूर्व स्टार तथा अहिलेका युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो, लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह र रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले उत्कृष्ट ३ मा स्थान बनाएका हुन् ।

यो अवार्ड च्याम्पियन्स लिगको ड्र का बेला प्रदान गरिनेछ । युरोपका ८० प्रशिक्षक र ५५ पत्रकारको मतका आधारमा ३ खेलाडीको सुची सार्वजनिक गरिएको हो । गत वर्ष यो अवार्ड रोनाल्डोले जितेका थिए । उनले अहिलेसम्म ३ पटक यो अवार्ड जितिसकेका छन् ।

रोनाल्डोले गएको वर्ष रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जित्दा महत्वपूर्ण भुमिका खेलेका थिए । रोनाल्डो अहिले रियल छाडेर इटालियन क्लब युभेन्टमा छन् । विश्वकप फुटबलमा पनि रोनाल्डोले ४ गोल गरेका थिए । यद्यपी उनको राष्ट्र पोर्चुगल भने प्रि क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

यता लुका मोड्रिचले आफ्नो राष्ट्र क्रोएसियालाई विश्वकपको फाइनलमा पुर्याएका थिए । उनी रुस विश्वकपको उत्कृष्ट खेलाडी पनि हुन् । मोड्रिच रियल मड्रिडका नियमित खेलाडी हुन् । उनले रियलका लागि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् ।

यस्तै मोहम्मद सलाहले गएको सिजन प्रिमियर लिगमा ४४ गोल गर्नुका साथै लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका थिए । तर फाइनलमा भने लिभरपुल रियलसँग पराजित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्