Logo

देउवा नफर्किंदा रामचन्द्रलाई तनाब, अब के गर्छन् ?



काठमाडौं, ५ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारको लागि सिंगापुर गएको एक साताभन्दा बढि भैसकेको छ । उनी स्वदेश फर्किन ढिला हुँदा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई भने तनाब भएको स्रोतको दाबी छ ।

देउवा उपचारको लागि पत्नीसहित सिंगापुर गएका थिए । तर, उनी यतिवेला सिंगापुरबाट सुटुक्क नयाँ दिल्ली आईसकेका छन् । सभापति देउवा स्वदेश फर्किन ढिलाई भैरहँदा नेता पौडेललाई भने ठूलो तनाब भएको छ । पार्टीको महासमिति बैठक यही भदौभित्रै बोलाउनुपर्ने नेता पौडेल पक्षको अडान छ ।

यो पनि पढ्नुहोस् :

देउवा सुटुक्क भारत पुगे, शीर्ष नेताहरुसँग गोप्य भेटवार्ता !

तर, देउवाल भने कुनैपनि हालतमा भदौमा बैठक बोलाउने छाँटकाँट देखाएका छैनन् । उनी जतिसक्दो बैठक दशैं, तिहार र छठपछि नै गर्ने भित्री तयारीमा जुटेका छन् ।प पौडेल पक्षले सभापतिलाई भेटेरै बैठक भदौमा नै डाक्न दबाब दिईरहेका छन् । देउवा भने भदौमा बैठक नगर्ने मनशायमा पुगेका छन् । र, उनले सोही अनुसार तयारी गर्न समेत आफू निकटका नेताहरुलाई निर्देशन समेत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्