काठमाडौं ६ भदौ । प्रधानमन्त्री केपी ओलीले विराटनगरमा बायोग्यास (गोबरग्यास) परियोजना उद्घाटन गरेका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले १४ महिनाअघि सुरु गरेको परियोजनाबाट ३२ घरमा ग्यास पुग्छ ।
विश्व बैंकको सहयोगमा वैकल्पिक ऊर्जा केन्द्र र विराटनगर महानगरपालिकाको सहयोगमा करिब १ करोड लगानीमा श्रीकृष्ण गौशालामा प्लान्ट स्थापना गरिएको हो । गौशालामा पालिएका गाईहरूको दैनिक संकलन गरिएको गोबर ३ सय घनमिटरको प्लान्टमा हालेर मिथेन ग्यास उत्पादन गरी ट्यांकीमा स्टोर गरेर पाइपलाइनबाट घरघरमा पु-याइएको छ ।
मञ्चमा टेबुलमाथि राखिएको चुलोमा खिटिक्क स्विच अन गरेर परियोजना उद्घाटन गरेपछि प्रधानमन्त्रीले भने, ‘मैले भनेको थिएँ, काँधमा सिलिन्डरका डल्ला बोकेर हिँड्ने युग अन्त्य हुनेछ । ३२ घरले आजैदेखि डल्ला फ्याँके, अब अरूले पनि फ्याँक्छन् ।’
तर, प्रधानमन्त्रीले दाबी गरेजस्तै गोबरग्यास प्रविधि नेपालमा नौलो होइन । मुलुकभर अहिलेसम्म चार लाख २० हजार परिवारले गोबरग्यास प्लान्ट जोडिसकेका छन् । अझ मुलुकमा बायोग्यासको सुरुवात भएको ६३ वर्ष र परियोजनाकै रूपमा गोबरग्यास प्रवद्र्धनको ३ दशकभन्दा बढी भइसकेको छ । ‘मुलुकभर हिमालदेखि तराईसम्मका घरपरिवारमा गोबरग्यास प्लान्ट जोडिएको छ, त्यसबाट ठूलो जनसंख्याले स्वच्छ ऊर्जा प्राप्त गरेको छ,’ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत प्रकाश अर्यालले बताए ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जलवायु लगानी कोष/विश्व बैंकको सहयोगमा सन् २०१४ देखि नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम सञ्चालन गरिरहेको छ । यस कार्यक्रमअन्तर्गत विश्व बैंकको २० प्रतिशत, नेपाल सरकारको २० प्रतिशत र निजी क्षेत्रको ६० प्रतिशत लगानीमा ठूला परियोजनाहरू सञ्चालन हुने गर्छन् । त्यस्तै, स्थानीय तहसँगको सहकार्यमा पनि परियोजनाहरू सञ्चालन भइरहेको एइपिसीका निवर्तमान कार्यकारी निर्देशक रामप्रसाद धितालले बताए ।
सन् २०१९ सम्म डिसेम्बरसम्म कायम रहने यो कार्यक्रमअन्तर्गत व्यावसायिक तथा नगरपालिका क्षेत्रबाट उत्पादित फोहोरबाट ३ सय ५० वटा परियोजना सञ्चालन हुनेछन् । ‘एलपिजी ग्यासको विस्थापन, विद्युत् उत्पादन, मल उत्पादनलगायतका उद्देश्यसहित यो परियोजना सञ्चालन गरिएको एइपिसीका निवर्तमान कार्यकारी निर्देशक धितालले बताए ।
‘नेपालले कार्बन उत्सर्जन घटाएबापत हालसम्म १ अर्ब रुपैयाँ प्राप्त गरेको छ, त्यसमध्ये अधिकांश हिस्सा बायोग्यास प्लान्टको छ,’ उनले भने, ‘यो सफल कार्यक्रमलाई ठूलो स्तरमा सञ्चालन गर्न विस्तार कार्यक्रम सञ्चालन गरिएको हो ।’ यो आफ्नो पालामा भएको नवीनतम र सफल कार्यक्रम भएको उनको बुझाइ छ ।
जोडिसकेका छन् । अझ मुलुकमा बायोग्यासको शुरुवात भएको ६३ वर्ष र परियोजनाकै रुपमा गोबरग्यास प्रवद्र्धनको ३ दशकभन्दा बढी भइसकेको छ । ‘मुलुकभर हिमालदेखि तराईसम्मका घरपरिवारमा गोबरग्यास प्लान्ट जोडिएको छ, त्यसबाट ठूलो जनसंख्याले स्वच्छ ऊर्जा प्राप्त गरेको छ,’ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत प्रकाश अर्यालले बताए ।
वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रले जलवायु लगानीकोष/विश्व बैंकको सहयोगमा सन् २०१४ देखि नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम सञ्चालन गरिरहेको छ । यस कार्यक्रमअन्तर्गत विश्व बैंकको २० प्रतिशत, नेपाल सरकारको २० प्रतिशत र निजी क्षेत्रको ६० प्रतिशत लगानीमा ठूला परियोजनाहरू सञ्चालन हुने गर्छन् । त्यस्तै, स्थानीय तहसँगको सहकार्यमा पनि परियोजनाहरू सञ्चालन भइरहेको एइपिसीका निवर्तमान कार्यकारी निर्देशक रामप्रसाद धितालले बताए ।
सन् २०१९ सम्म डिसेम्बरसम्म कायम रहने यो कार्यक्रमअन्तर्गत व्यवसायिक तथा नगरपालिका क्षेत्रबाट उत्पादित फोहरबाट ३ सय ५० वटा परियोजना सञ्चालन हुनेछन् । ‘एलपिजी ग्यासको विस्थापन, विद्युत उत्पादन, मल उत्पादनलगायतका उद्देश्यसहित यो परियोजना सञ्चालन गरिएको एइपिसीका निवर्तमान कार्यकारी निर्देशक धितालले बताए । ‘नेपालले कार्बन उत्सर्जन घटाएबापत हालसम्म १ अर्ब रुपैयाँ प्राप्त गरेको छ, त्यसमध्ये अधिकांश हिस्सा बायोग्यास प्लाण्टको छ,’ उनले भने, ‘यो सफल कार्यक्रमलाई ठूलो स्तरमा सञ्चालन गर्न विस्तार कार्यक्रम सञ्चालन गरिएको हो ।’ यो आफ्नो पालामा भएको नवीनतम् र सफल कार्यक्रम भएको उनको बुझाइ छ । नयाँपत्रिकाबाट