Logo

प्याराग्लाइडिङको स्पर्धामा नेपाल आठौँ स्थानमा



काठमाडौँ । प्याराग्लाइडिङको पुरुष व्यक्तिगत एकुरेसीमा नेपालका विजय गौतम आठौँ भएका छन् । नेपालकै सुशील गुरुङ २४औँ भए । १० चरणको यो स्पर्धामा ३३ खेलाडीले सहभागिता जनाएका थिए । इण्डोनेसिया पहिलो, थाइल्याण्ड दोस्रो तथा दक्षिण कोरिया तेस्रो भए ।

सोही स्पर्धाको महिलामा नेपालकी तृषा श्रेष्ठ बमजन तामाङ १४औँ र प्रतिभा भुजेल १५ औँ स्थानमा रहे । दश चरणकै यो इभेन्टमा १८ खेलाडीले भाग लिएका थिए । जसमा थाइल्याण्डले स्वर्ण, दक्षिण कोरियाले रजत र आयोजक इण्डोनेसियाले कांस्य जिते । शुक्रबारबाट क्रस कन्ट्री स्पर्धाका खेलहरू शुरु हुनेछ ।

आर्चरी

आर्चरीको पुरुष व्यक्तिगत रिकर्भमा नेपालका तीलक पुन मगर चीनका खेलाडीसँग प्रिक्वाटरफाइनलमा ६–४ ले पराजित भए । त्यसअघि उनले भुटानका खेलाडीलाई ६–० ले हराएका थिए । सोही स्पर्धामा नेपालका रोशन नगरकोटी श्रीलंकाका खेलाडीसँग ६–० ले पराजित भए ।

हिला व्यक्तिगत रिकर्भमा नेपालकी ज्ञानु अवाले हङ्कङकी खेलाडीसँग ६–२ ले पराजित भइन् । नेपालले शुक्रबार मिक्स टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्