काठमाडौं, ८ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद संजयकुमार गौतमले देशका विभिन्न भागमा दिनहुँ बढ्दै गएको महिला हिंसा तथा अपराधिक घटनाको नियन्त्रण र अपराधीलाई कानुनको दायरामा ल्याउन नसकेको आरोप लगाउँदै गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामा माग गरेका छन्।
प्रतिनिधि सभामा शुक्रबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सांसद विन्दा पाण्डेले महिला विरुद्ध भएका हिंसाको विषयमा पेश गरेको संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद गौतमले गृहमन्त्रीको राजिनामा मागेका हुन् ।
वर्तमान सरकारले शान्ति, सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री थापाको राजीनामासँगै यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमार्फत देशवासीलाई सम्बोधन गर्नुपर्ने पनि सांसद गौतमको माग छ ।
संसदमा सांसद गौतमले गरेको सम्बोधनको पूर्ण पाठ :
माननीय विन्दा पाण्डेज्यूले राख्नु भएको संकल्प प्रस्ताव छ त्यसमा म समर्थन गर्दछु। वास्तवमा साह्रै नै टाउकै निहुँरिइसक्यो, लाजै भइसक्यो। जताततै, सडकमा त्यहि छ, सदनमा त्यहि छ। बिहान उठेर पत्रपत्रिका हेर्यो त्यहि छ। महिला हिंसाका कुराहरु बारम्बार उठेका छन्।
सत्तापक्षले, प्रतिपक्षले सदन एक जस्तो भएको छ। तर पनि यो विषयमा सरकार गम्भिर रुपले प्रस्तुत भएको छैन। यस्तो बेलामा यो प्रस्ताव आउनु सार्थक छ र यसले एउटा नैतिक प्रश्न पनि जन्माएको छ।
वास्तवमा प्रत्येक दिन सदनमा यो विषयले प्रवेश पाएकोे छ। हामीले छलफल गरिरहेका छौँ। कोे सत्ता र को प्रतिपक्ष हरेकले कुरा उठाएका छौँ र बहस गरेका छौँ। यो केबल निर्मला पन्तको मात्र कुरा होइन। यो ६ महिनाको बीचमा हेर्ने हो भने ४३ वटा बलत्कारका घटना दर्ज भएका छन्। १ सय ११ वटा हत्याका घटना दर्ज भएका छन्। ९ वटा भन्दा बढि अपहरणका घटना भएका छन्। यो देख्दा लाग्छ मुलुकले यो संस्कृति नै अंगालेको छ। योे बेलामा पनि सरकारको कुनै दायित्व हुँदैनरु नियम कानुन, एउटा परिस्थिति र परिवेश आफ्नो ठाउँमा छ। यसमा अझ थप ध्यान दिनु पर्ने आवश्यकता होला। तर, सरकार के यसरी टुलुटुलु मुकदर्शक बनेर बस्न मिल्छरु
दुई तिहाई बहुमतको सरकार, आज मुलुकले स्थीर सरकार प्राप्त गरेर स्थीरता र समृद्धिको बाटोमा जाने क्रमको सुरु गर्ने सरकारले के राज्य सञ्चालनमा उसको दायित्व हुँदैनरु के ल एण्ड अर्डर मेन्टेण्ड गर्नु पर्दैनरु के यसबाट निरपेक्ष भएर भाग्न मिल्छरु त्यसकारण यसले एउटा नैतिक प्रश्न जन्माएको छ। वास्तवमा गृहमन्त्रीजीले तत्काल राजीनाामा दिनु पर्छ। गृहमन्त्रीको तत्काल राजीनामा आउनु पर्छ र यो रोष्ट्रममा आएर सम्माननीय प्रधानमन्त्रीज्यूले देशवासीलाई सम्बोधन गर्नु पर्छ।
महिला दिदि बहिनीहरुको अस्मिता यसरी ठाडै लुटिएको बेलामा कानै नसुनेजस्तो गरी बहिरो र अन्धो बनेर बस्न मिल्दैन। यसकारण यो रोष्ट्रमबाट सम्माननीय प्रधानमन्त्रीजीको पनि ध्यानाकर्षण गराउन चाहन्छु। सम्माननीय प्रधानमन्त्रीज्यूले देशवासीको नाममा यो इस्यूमा बोल्नु पर्दछ। चाहे जुनसुकै विषयमा होस् यी कुराहरु त महिला हिंस्सा, हत्या र बलत्कारका कुराहरु भए यो सँगै छौपडी, बोक्सी, दाइजो प्रथा लगायत अन्य कतिकति विकृतिकोबारेमा बोल्न जरुरी छ। ाका
हामीले भर्खरै दिल्ली र बनारसबाट बेच्न कामदारका रुपमा लगिएका चेलिहरुलाई मुक्ति दिलाएर ल्यायौँ त्यो घटना पनि सामान्य होइन। कति दिदि बहिनीहरुको अस्मिता लुटिएको छ। यस्तो अवस्थामा हामीले कसरी सार्वभौमसत्ता सम्पन्न संसदको सम्मान गर्न सक्दछौँरु यसबारे सम्पूर्ण सदन आज गम्भिर छ। मलाई खुशी लागेको छ कि आज हामी सम्पूर्ण एक ठाउँमा छौँ। यसको म स्वागत पनि गर्दछु। र पुनः एकपटक सरकारको गम्भिर ध्यानाकर्षण गराउँदछु।
कांग्रेसका सांसद संजयकुमार गौतमले शुक्रबार दिएको मन्तव्यको अंश:
किन मागे कांग्रेसका सांसद गौतमले गृहमन्त्री थापाको राजीनामा?
किन मागे कांग्रेसका सांसद गौतमले गृहमन्त्री थापाको राजीनामा?
Posted by Sanjaya Gautam on Friday, 24 August 2018