Logo

शुक्रबार कञ्चनपुरमा किन गोली चल्यो ? यसो भन्छ गृहमन्त्रालय



काठमाडौँ, ९ भदौ । गृह मन्त्रालयले कञ्चनपुरमा किशोरीको बलात्कारपछि हत्या घटनामा प्रहरी अनुसन्धानप्रति हिजो (शुक्रबार) असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका स्थानीयमाथि दुखद् घटना भएको जनाएको छ ।

शुक्रबार राति अबेर एक बिज्ञप्ती जारी गर्दै मन्त्तालयले यस्तो जनाएको हो । उसले सरकारी सम्पत्ति तथा धनजनको क्षति पुग्ने गतिविधि हुन थालेपछि स्थितिलाई सामान्यीकरण गर्न र स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम गर्दा उक्त घटना भएको भन्दै सम्पूर्ण घटनाको निष्पक्ष छानबिन गरिने जनाएको छ।

उच्च स्तरीय छानबिन समितिले काम सुरु गरिसकेकाले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारवाही गर्नमा सबैलाई सहयोग गर्न अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस्