Logo

प्रधानमन्त्रीलाई पुष्पा भुसालको प्रश्न –महिला हिंसाविरुद्ध सडकमा उत्रिदा किन गोली प्रहार ?



भदौ ९, काठमाण्डौ । निर्मला पन्तको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै शुक्रबार भएको आन्दोलनमा प्रहरीले गोली प्रहार गरेपछि समस्या थप जटिल बन्दै गएको छ ।

सरकारले १३ वर्षीया बालिका निर्मला पन्तको हत्यालाई लिएर भइरहेको आन्दोलन स्थगित गर्न कञ्चनपुरबासीलाई आहृवान गरेको छ ।

आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर शुक्रबार मात्र एक बालकको मृत्यु भएको छ । सरकारले भने आन्दोलनमा घुसपैठ भएको दाबी गरेको छ ।

यस घटनामा पनि सरकार र प्रमुख प्रतिपक्षबीच टकराव देखिएको छ ।

नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले कञ्चनपुरमा भएको घटनाको जिम्मेवारी राज्यले नै लिनुपर्ने बताएकी छिन् । निर्मला पन्तको बलात्कार र हत्या गर्नेलाई पक्राउको माग गर्दै आन्दोलन उत्रिने कांग्रेस कार्यकर्ता नभै सबै जनता भएको भुसालले बताइन् ।

“देशमा यस्तो जघन्य घटना भइरहेको छ । सरकार–राज्यमा बसेकाहरु नै गैरजिम्मेवरा अभिव्यक्ति दिन्छन् । यस्ता घटनालाई राजनीतिकरण भन्छन्, अनि समस्याको समाधान कसरी हुन्छ ?” भुसालले भनिन् ।

न्यायको लागि आवाज उठाउँदा राजनीतिकरण भयो भन्नुको अर्थ सरकारले घटनालाई सामान्य ढंगले लिएको उनका तर्क छ ।

राजनीतिकरणको नाममा महिला हिंसाविरुद्ध सडकमा उत्रिएका जनतालाई दमन गर्ने, गोली चलाउने जस्ता काम सरकारले तत्काल बन्द गर्नुपर्ने भुसालको भनाई छ ।

समस्या समाधानका लागि भन्दा पनि आन्दोलन थप उग्र बनाउनमा राज्यको भूमिका देखिएको भुसालको जिकिर छ ।

सम्बन्धित समाचार : 

  1. कञ्चनपुरमा सरकारी सम्पत्ति जोगाउनका लागि प्रहरीले गोली हानेको हो : गृहमन्त्रालय

  2. नेकपालाई कञ्चनपुर घटनाको तनाव, कांग्रेसलाई आन्तरिक भागबण्डाले सतायो

  3. प्रधानमन्त्रीलाई पुष्पा भुसालको प्रश्न –महिला हिंसाविरुद्ध सडकमा उत्रिदा किन गोली प्रहार ?

  4. सरकारलाई कांग्रेस प्रवक्ताको प्रश्न : काठमाडौमा संकल्प प्रस्ताव कंचनपुरमा गोलि ?

  5. कञ्चनपुर घटनाले उग्ररूप लियो : आफ्नै क्षेत्रकी मन्त्री बीना विदेशमा, मेयरको घरमा आगजनी

  6. निर्मला पन्त बलात्कार–हत्याविरुद्ध संसदमा हंगामा

  7. सक्कली दोषी लुकाएर ‘पागल’ लाई अघि सारेपछि प्रहरी प्रशासन संकटमा

  8. निर्मला पन्त हत्या प्रकरणलाई कांग्रेसले उचाल्यो : भीम रावल

  9. निर्मला हत्या प्रकरण : वास्तविक अपराधी उम्किदैन, अनुसन्धान तलमाथि हुँदैन : एसपी कठायत

  10. कञ्चनपुरको कफ्र्यू अझै हटेन, सर्वदलीय बैठक सुरु, सन्नी खुनालाई शहीद घोषणा गर्न माग



प्रतिक्रिया दिनुहोस्