भदौ ९, काठमाण्डौ । निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरी अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएपछि गृह मन्त्रालयमाथि चुनौति थपिएको छ ।
गोली प्रहारप्रति चौतर्फि आलोचना भएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै सरकारी सम्पत्तिमाथि आक्रमण हुन थालेपछि गोली प्रहार गर्नुपरेको उल्लेख गरेको छ ।
शुक्रबार राति बिज्ञप्ती जारी गर्दै गृहले सरकारी सम्पत्ति तथा धनजनको क्षति पुग्ने गतिविधि हुन थालेपछि स्थितिलाई सामान्यीकरण गर्न र स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम गर्दा गोली प्रहार भएको जनाएको छ ।
गृहले सम्पूर्ण घटनाको निष्पक्ष छानबिन गरिने विश्वास दिलाएको छ ।
उच्च स्तरीय छानबिन समितिले काम सुरु गरिसकेकाले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारवाही गर्नमा सबैलाई सहयोग गर्न अनुरोध गरेको छ ।
प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा शुक्रबार महेन्द्रनगर, भगतपुरका १४ वर्षीय सन्नी खुनाको मृत्यु भएको थियो । शुक्रबारको घटनामा प्रहरीको गोली र लाठीचार्जबाट २४ जना घाइते भएका छन् ।
सम्बन्धित समाचार :
कञ्चनपुरमा सरकारी सम्पत्ति जोगाउनका लागि प्रहरीले गोली हानेको हो : गृहमन्त्रालय
नेकपालाई कञ्चनपुर घटनाको तनाव, कांग्रेसलाई आन्तरिक भागबण्डाले सतायो
प्रधानमन्त्रीलाई पुष्पा भुसालको प्रश्न –महिला हिंसाविरुद्ध सडकमा उत्रिदा किन गोली प्रहार ?
सरकारलाई कांग्रेस प्रवक्ताको प्रश्न : काठमाडौमा संकल्प प्रस्ताव कंचनपुरमा गोलि ?
कञ्चनपुर घटनाले उग्ररूप लियो : आफ्नै क्षेत्रकी मन्त्री बीना विदेशमा, मेयरको घरमा आगजनी
निर्मला पन्त बलात्कार–हत्याविरुद्ध संसदमा हंगामा
सक्कली दोषी लुकाएर ‘पागल’ लाई अघि सारेपछि प्रहरी प्रशासन संकटमा
निर्मला पन्त हत्या प्रकरणलाई कांग्रेसले उचाल्यो : भीम रावल
निर्मला हत्या प्रकरण : वास्तविक अपराधी उम्किदैन, अनुसन्धान तलमाथि हुँदैन : एसपी कठायत
कञ्चनपुरको कफ्र्यू अझै हटेन, सर्वदलीय बैठक सुरु, सन्नी खुनालाई शहीद घोषणा गर्न माग