भदौ ९, काठमाण्डौ । १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि महेन्द्रगर तनावग्रस्त बनेको छ । स्थानीय आन्दोलित बनेका छन् ।
आन्दोलन कसरी रोक्ने र हत्यारालाई पक्राउ गर्ने विषय चुनौतिपूर्ण बन्दै गएको छ । यसैबीचमा महेन्द्रनगरमा बिहानदेखि सर्वदलीय बैठक सुरु भएको छ ।
जिल्ला सम्पूर्ण राजनीतिक दल, नागरिक समाज तथा मानव अधिकारकर्मी उपस्थित भई अहिले जिल्ला प्रशासन कार्यालयमा बैठक बसिरहेको छ । हिजोदेखि लागेको कर्फ्यू भने यथावत रहेको छ ।
महेन्द्रनगर बजार सुनसान छ भने सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा एक मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई प्रहरीले पक्राउ गरी वास्तविक दोषी उम्काउन खोजेको आरोपमा स्थानीयहरु आन्दोलनमा छन् ।
यसैबीच शुक्रबार गोली लागि मृत्यु भएका भीमदत्त नगरपालिका १८ भगतपुर घर भएका सन्नी खुनाका परिवारले दोषिलाई कारवाहीको माग गरेका छन् ।
भीमदत्त नगरपालिका कार्यालयका कर्मचारीसमेत रहेका सन्नीका बुवा बिरु खुनाले छोरालाई सहिद घोषणा गर्नुपर्ने मग गरे ।
भीमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टले हिंसात्मक घटनाप्रति निष्पक्ष छानबिन गर्न माग गरेका छन् । नगरपालिकाले तत्काल तीन लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।
सम्बन्धित समाचार :
कञ्चनपुरमा सरकारी सम्पत्ति जोगाउनका लागि प्रहरीले गोली हानेको हो : गृहमन्त्रालय
नेकपालाई कञ्चनपुर घटनाको तनाव, कांग्रेसलाई आन्तरिक भागबण्डाले सतायो
प्रधानमन्त्रीलाई पुष्पा भुसालको प्रश्न –महिला हिंसाविरुद्ध सडकमा उत्रिदा किन गोली प्रहार ?
सरकारलाई कांग्रेस प्रवक्ताको प्रश्न : काठमाडौमा संकल्प प्रस्ताव कंचनपुरमा गोलि ?
कञ्चनपुर घटनाले उग्ररूप लियो : आफ्नै क्षेत्रकी मन्त्री बीना विदेशमा, मेयरको घरमा आगजनी
निर्मला पन्त बलात्कार–हत्याविरुद्ध संसदमा हंगामा
सक्कली दोषी लुकाएर ‘पागल’ लाई अघि सारेपछि प्रहरी प्रशासन संकटमा
निर्मला पन्त हत्या प्रकरणलाई कांग्रेसले उचाल्यो : भीम रावल
निर्मला हत्या प्रकरण : वास्तविक अपराधी उम्किदैन, अनुसन्धान तलमाथि हुँदैन : एसपी कठायत