Logo

पहिलो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्डो प्रतियोगिता पुषमा



काठमाडौं, ९ भदौ । पहिलो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्डो प्रतियोगिता आगामी पुष १८ देखि २० गतेसम्म काठमाडौमा आयोजना हुने भएको छ ।

अमेरिकामा केन्द्रिय कार्यालय रहेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्डोको नेपाल शाखाको आयोजनामा प्रतियोगीता हुन लागेको हो । खेलकुद क्षेत्रको बिकास , खेलाडीरुलाई प्रोत्साहन गर्नका लागी प्रतियोगीताको आयोजना गरिएको एभरेष्ट वल्र्ड क्लास तेक्वान्डो नेपालका अध्यक्ष केशव थापाले जानकारी दिनुभयो ।

बिभिन्न बिधामा खेलाईने प्रतियोगीतामा प्रथम हुने टिमले रु १ लाख प्राप्त गर्नेछन् । त्यस्तै त्यस्तै द्धितिय हुने टिमले रु ५० हजार रुपैया प्राप्त गर्दा तृतिय हुने टिमले रु २५ हजार नगद , मेडल र प्रमाणपत्र प्राप्त गने आयोजकले जनाएको छ ।

प्रतियोगीता एभरेष्ट वल्र्ड क्लास तेक्वान्डो नेपालको खेलस्थल भैसिपाटीमा हुने अध्यक्ष थापाले जानकारी दिनुभयो । यस्तै अमेरिकास्थीत केन्द्रिय कार्यालय पनि शनिबार नै सन २०२० मा बिश्व तेक्वान्डो प्रतियोगिता गर्ने तालिका सार्वजनिक गरेको छ ।



प्रतिक्रिया दिनुहोस्