काठमाडौं, ९ भदौ । ताप्लेजुङ व्यवसायिक भेला तथा सम्मान कार्यक्रम २०७५ सम्पन्न भएको छ । हाम्रो ताप्लेजुङ, राम्रो ताप्लेजुङ भन्ने मूल नाराका साथ आयोजना भएको उक्त भला तथा सम्मान कार्यक्रम शनिबार काठमाडौंको बबरमहलस्थित पार्टी प्यालेसमा सम्पन्न भएको हो ।
भेला आयोजना तथा उक्त कार्यक्रमको नेतृत्व भने नेकपाका नेता एवम् सांसद योगेश भट्टराईले गरेका हुन् । उनकै पहलमा अजा ताप्लेजुङका करिब ५ सयभन्दा बढी उद्योगी व्यवसायीहरु एकै ठाउँ भेला भएका थिए ।
आजको भेलामा सहभागीहरुले आफ्ना उद्योग व्यवसायको बहसका साथै ताप्लेजुङलाई समृद्ध बनाउने योजनासमेत आदान प्रदान गरेका थिए । ताप्लेजुङमा जन्मिएर काठमाडौंमा बसोबास गर्ने उद्योगी व्यवसायीहरुले जिल्लाको विकासबारे आफूहरु गम्भिर रहेको बताएका थिए ।
कार्यक्रममा नेपाल सरकारका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, उद्योगमन्त्री मातृका प्रसाद यादव लगायतको पनि उपस्थिति रहेको थियो ।
तस्विर : मुकुन्द कालिकोटे