डा. विमल कोइराला, पूर्व मुख्यसचिव
भदौ १४ र १५ गते काठमाण्डौमा चौँथो विमस्टेक सम्मेलन हुँदैछ । आयोजक राष्ट्रका हिसाबले नेपालका लागि यो सम्मेलन निकै महत्वपूर्ण छ । समग्रमा विस्टेक सम्मेलनले कु कुरामा जोड दिनुपर्छ भन्ने विषयमा ऋषि धमलाले डा. विमल कोइरालासँग कुराकानी गरेका छन् । विमल कोइराला नेपालका पूर्व प्रशासक तथा नेपाल सरकारका पूर्व मुख्य सचिव हुन् । उनीसँग नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा गरिएको कुराकानीको संक्षित अंश यहाँ प्रस्तुत गरिएको छ ।
विमस्टेकको चौथो सम्मेलन हुँदैछ । सम्मेलनले के कुरालाई प्रथमिकता दिनुपर्ला ?
विमष्टेक राष्ट्रहरुबीचमा व्यापार कम छ । व्यापार बढाउनका लागि सबैले खुला मनले छलफल गर्नुपर्छ । व्यापार बढाउन सकियो भने विमस्टेक राष्ट्रहरुबीचमा सम्बध पनि प्रगाढ हुन्छ । यि देशहरुबीचमा कनेक्टीभिटी पनि बढाउनुपर्छ ।
अहिलेसम्म विमस्टेक राष्ट्रहरुबीचमा आपसी समन्वय नभएको हो ?
अन्तरक्षेत्रीय व्यापार बढाउन सकेको देखिदैन । अन्तरक्षेत्रीय पर्यटन पनि बढ्न सकेको छैन । मूलतः आर्थिक सम्बन्धको दायरा जति बढाउन सक्नुपथ्र्यो त्यसमा असफल नै देखिन्छ ।
बन्दरगाहसम्म सबै विमस्टेक राष्ट्रको पहुँच पुर्याउने विषयमा छलफल हुनुपर्छ भन्ने कतिपयको तर्क छ । यसलाई कसरी लिनुहुन्छ ?
बन्दरगाहसम्म पहुँच पुर्याउन सकिन्छ । अहिले नेपालले हिन्दुस्तानको बन्दरगाह प्रयोग गरिरहेका छौँ । तर अन्तरक्षेत्रीय व्यापारका लागि पारस्परिक समझदारी गरेर बन्दरगाहसम्म सबै विमस्टेक राष्ट्रको पहुँच पुर्याउनु पर्छ । यसो गर्न सकियो भने एकअर्को राष्ट्रले उत्पादन गरेको समान वा वस्तुको बजार पनि विस्तार हुन्छ ।