काठमाडौं, ११ भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपाली प्रेस जगतले देश र जनताको पक्षमा समाचार नलेखेको आरोप लगाएका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपालीपन साप्ताहिक पत्रिकाको तेस्रो वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री पण्डितले यस्तो आरोप लगाएका हुन् ।
उनले भने,‘राज्यको चौथो अंग अहिले नेपाली जनताको पक्षमा देखिएको छैन । बरु, लगानीकर्ताको ईच्छा अनुसार समाचार बन्ने गरेका छन् । देश र जनताको पक्षमा समाचार बन्दैनन्।’
उनले नेपालको प्रेस जगतले नकारात्मक कुरालाईमात्रै बढि महत्व दिने गरेको गुनासो पोखे । उनले भने,‘प्रेस जगत कसैको प्रयोगशाला नबनोस्।’