काठमाडौं, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनचाहना अनुसारको काम गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।
नेपाल नगरपालिका संघको छैठौं राष्ट्रिय अधिवेशनको काठमाडौंमा उद्घाटन गर्दै उनले जनचाहना अनुसारको काम छिटो छरितो गर्न निर्देशन दिएका हुन ।
अहिले जनतालाई निराश बनाउने तत्व सक्रिय रहेकोले यसप्रति सबै सजग हुनुपर्ने उनको भनाई थियो ।जनतालाई सेवा दिन स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै ओलीले कुनै पनि बहानामा जनताको काम ढिलो नगर्न निर्देशन दिए ।
राजनीति क्रान्ति पूरा भएको भन्दै उहाँले अब समृद्ध नेपाल र सुखी नेपालीका लागि खर्च गरिने बताए । नेपाल नगरपालिका संघ अधिवेशन तयारी समितिका संयोजक तथा धुलिखेल नगरपालिकका मेयर अशोक व्याञ्जुले स्थानीय सरकारले प्रदान गर्ने सेवालाई चुस्त राख्न केन्द्रीय सरकारको सहयोग आवश्यक रहेकोमा जोड दिए ।