भदौ १२, काठमाण्डौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगालको खाडीको प्रयास (विमष्टेक) को चौथो शिखर सम्मेलनले नेपाललाई कति फाइदा पुग्छ भन्नेवारे बहस शुरु भएको छ ।
विमस्टेकका सदस्य राष्ट्रका सरकार प्रमुख तथा राष्ट्रप्रमुखवीच हुने भेटघाट तथा आपसी छलफलले सदभाव विकास गन थप सहयोग पुग्ने छ । विमस्टेकले तय गरेको १४ प्राथमिकता मध्ये अधिकांश नेपालको समृद्धीसँग जोडीएको भएपनि नेपालले आफनो उत्पादनको क्षमता वृद्धी नगरेका कारण खास उपलब्धी हुननसक्ने विज्ञहरुको भनाइ छ ।
विमस्टेक सम्मेलनमा दक्षिण पुर्वी एशियामा रहेका सात वटा देशहरुको आर्थिक सहयोग, प्राकृतिक श्रोतको सन्दुपयोग तथा सामुहिक प्रयोगको अवधारणा, कृषि, जनस्वास्थ, गरिबी निवारण, आतंकवादको अन्त्य, स्वच्छ वातावरण, संस्कृति विकास, जलवायु परिवर्तनको रोकथाम र आपसी हीतका वारेमा काम गर्नेबारे सम्मेलनमा छलफल गरिने छ । सातै देश विच मुलभुत विषयमा सहकार्य गर्ने विमस्टेको धारणा भएपनि नेपालले आफनो उत्पादनको क्षमता वृद्धी नगरेका कारण यसवाट खासै फाइदा लिन नसक्ने भारतका लागि पुर्व राजदुत प्रा.डा.लोकराज बरालको भनाई छ ।
सुरुमा व्यापार, प्रविधी, उर्जा, यातायात, माछा पालन ब्यवस्थापनमा काम गर्दै आएको विमस्टेकले सन् २००८ देखि कृषि, सार्वजनिक स्वास्थ्य, गरिबी उन्मुलन, काउन्टर आतंकवाद वातावरण र संस्कृती सहित ९ क्षेत्रमा गम्भिर रुपमा काम गर्न थालेको हो । प्राइम टाइम्स टेलिभिजनसँग कुरा गर्दै चौँथो सम्मेलनवाट नेपालले आफ्नो उत्पादन क्षमतामा वृद्धी गरी फाइदा लिन सक्नुपर्नेमा बरालले जोड दिएका छन् ।
सम्मेलनमा मुख्य प्राथमिकतामा रहेका विषयहरुमा रेल मार्ग, सडक मार्ग अप्टीकल फाइवर ग्रीड कनेक्सन लगायत रहेका छन् । यसैगरी सदस्य राष्ट्र विच विद्युतीय प्रसारण लाइनका लागि ग्रीड कनेक्शन निर्माण सम्झौतामा हस्ताक्षर समेत हुने छ ।
सार्क राष्ट्रवीच भारत र पाकिस्तानको चिसो सम्बन्धका कारण सार्कले उपलब्धी हाशिल गर्न नसकेको अवस्थामा विम्स्टेक राष्ट्रविच आपसी सदभावको सम्बन्ध भएका कारण सवैभन्दा ठुलो सदस्य राष्ट्र भारतले यो सम्मेलनलाई गम्भीरता पुर्वक महत्व दिइरहेको छ । भारतले सम्बन्ध सुदृढीकरण र अन्तराष्ट्रिय सहयोगका लागि प्लेट फर्मका रुपमा विमस्टेकलाई प्रयोग गर्ने चाहना राखेको छ ।