Logo

मलाई प्रधानमन्त्री बनाउँदा प्रचण्डको कुनै भूमिका छैन : नेपाल



ओलीजीसँग अहिले मेरो केमेष्ट्री मिलेको छ

काठमाडौं, १३ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षनै सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् ।

आज राति ८ः३० बजे प्राईम टाईम्स टेलिभिजनमा प्रशारण हुने कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले भने,‘वर्तमान प्रधानमन्त्री ओलीले पाँचवर्ष नै सरकारको नेतृत्व गर्नुहुन्छ ।’

वर्तमान प्रधानमन्त्री ओलीको काम गराईकोबारे अहिले विरोध गर्ने बेला नभएको पनि उनको भनाई छ । उनले भने,‘६ महिना त सरकारको सुरुवातमात्रै हो, अहिले नै राजिनामा माग्नु गलत छ । सरकारले काम गर्छ । सरकारको मुल्यांकन त एक वर्षपछिमात्रै गर्ने हो ।’

त्यस्तै पार्टीको जिल्ला अध्यक्षबाट माधव नेपाल समूह बडारिएको भन्ने हल्लामा कुनै सत्यता नभएको पनि उनको जिकिर छ । उनले भने,‘मिडियामा यो कुरा आएको देख्दा म आँफै दंग परेको छु । यो विषय अहिले सचिवालयमा निर्णय भएर आएको छैन । छलफल नै भएको छैन । छलफल नै नभएको विषय बाहिर आएको देख्दा म आश्चर्यमा छु।’

नेपालको ईतिहासमा आफू जतिको सफल प्रधानमन्त्री कोहीपनि नभएको नेता नेपालको दाबी छ । उनले भने,‘मलाई प्रधानमन्त्री बनाउन प्रचण्डको कुनै भूमिका छैन । म प्रधानमन्त्री भएको भोलिपल्टै राजिनामा देउ, कठपुतली सरकार, रिमोट कन्ट्रोलबाट सरकार चलेको छ भनेर प्रचण्डजीले भन्नुभएको थियो । अनि उहाँले कसरी मलाई सहयोग गर्नुभयो त ?’



प्रतिक्रिया दिनुहोस्