Logo

विमस्टेक : ठूलालाई सम्मेलन सानालाई सास्ती



भदौ १३, काठमाण्डौ । नेपालमा महत्वपूर्ण र ठूलो अन्तराष्ट्रिय स्तरको कार्यक्रम हुँदा सर्वसाधारणले अनेक सास्ती भोग्नुपर्ने अवस्था छ ।

विमस्टेक सम्मलेनले पनि जनतालाई सास्ती भएको छ । विभिन्न राष्ट्रका सरकार तथा राष्ट्रप्रमुख आउने समयमा सडकमा सर्वसाधारणलाई प्रवेश दिइएको छैन । सवारी साधनलाई पनि घण्टौँसम्म रोकेर राखिदा यात्रहरु अलपत्र परेका छन् ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको बहुक्षेत्रीय प्राविधीक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयाश बिम्स्टेक सम्मेलनकालागि ६ वटा देशका राष्ट्र प्रमुख नेपाल आउने क्रम जारी छ । विभिन्न राष्ट्रप्रमुखको आगमन पछि सुरक्षा सर्तकता अपनाइएको छ । सडकमा जोर विजोर यातायात संञ्चालन हुने गरि व्यवस्था मिलाइएको छ ।

तर, सर्वसाधारण यात्रुले आफुलाई मन लाग्दा हिंड्न नपाएको गुनासो गरेका छन् । अरु दिनको तुलनामा सडकमा सवारि साधन कम चलेका छन् । यसले यात्रुलाई आफ्नो गन्तब्य सम्म पुग्न सास्ती भएको छ ।

कहिले सम्मेलन त कहिले सवारि भन्दै जनताले सास्ती सहनु परेको यो पहिलो पटक भने होइन । अझ महानगर ट्राफिकले जोर बिजोर प्रणाली लागु गरेपछी त नियमित चल्ने सवारि पाउन नि घन्टौ कुर्नुपर्ने भएको छ । सवारि पातलो रुपमा चले पनि गाडीमा ठाउँ समेत नभएको यात्रुको गुनासो छ । आफ्नो निजी सवारि समेत् चलाऊन नपाएका कतिपयले भने साइकलमै यात्रा गरेका छन् । जुनसुकै निकायले जनतालाई सास्ती नदिइकन आफ्ना सभा सम्मेलन गर्नुपर्ने सर्वसाधारणको सुझाव छ ।

बुधबारदेखी सुरु भएको जोर बिजोर प्रणाली बिहिबार र शुक्रबार पनि लागू रहने छ । यो विचमा यात्रुलाई सहजताका लागि सरकारले अन्य विकल्प नदिएर सास्ती मात्र दिएको सर्वसाधारणको गुनासो छ । बिदेशी राष्ट्र प्रमुखको सवारीको समय भन्दा करीव एक घण्टा पहिले नै सर्बसाधारण चढ्ने सवारि साधन रोकिएको थियो । आजको जोर बिजोर प्रणाली ले गर्दा कतिपय यात्रु धेरै पैसा तिरेर ट्याक्सीमा यात्रा गर्न पनि वाध्य भएको बताए । बिच बाटोमै गाडीहरु रोक्दा यात्रुहरु आफ्नो गन्तब्य स्थानमा समयमै पुग्न नसकेको गुनासो गरेका थिए ।

बेलाबेलामा सर्बसाधारणलाई बाटो क्रस गर्न दिइएपनी धेरै जसो समय यात्रुले बाटो क्रस गर्नको लागि सडक को छेउ मा कुर्नुपरेको थियो । सवारीको बेलामा रोकिएका सर्बसाधारणले गाडी तथा मोटार्साइकलको हर्न चर्को आवाज मा बजाएका थिए । सवारि हुनु भन्दा धेरै समय अगाडि नै गाडीहरु रोक्नु नराम्रो भएको भन्दै सर्बसाधारणले गुनासो गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्