काठमाडौँ, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहकाबीच राजधानी सुरु हुँदैछ ।
सम्मेलनको उद्धघाट्नपूर्व सोल्टी होटलमा अहिले व्यापक घुईंचो देखिएको छ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालका पूर्वप्रधानमन्त्रीदेखि लिएर अन्य विशिष्ट व्यक्तित्वहरुको सम्मेलनस्थलमा सहभागी रहेको छ ।
सम्मेलनमा सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना र भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुकले भाग लिँदै छन् ।
शिखर बैठकको प्रारम्भसँगै अध्यक्ष ओलीपछि सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले वर्णानुक्रमअनुसार सम्बोधन गर्नेछन् । सम्मेलनमा भाग लिन सबै देशका विशिष्ट अतिथि काठमाडौँ आईसकेका छन् ।
काठमाडौँ घोषणापत्र जारी गर्दै भोलि अपराह्न शिखर सम्मेलन समापन हुनेछ । सम्मेलन समाप्तिसँगै बिम्स्टेकको अध्यक्षता श्रीलङ्काले गर्नेछ ।