काठमाडौँ । निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज भने ९।३९ बिन्दुले बढेको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार करीब १० अङ्कले बजार वृद्धि हुँदा एक हजार १८१।६९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १।९८ बिन्दुले वृद्धि भई २४९।७९ अङ्कमा पुगेको छ ।
कूल १६७ कम्पनीका छ लाख ९८ हजार ३७८ कित्ता शेयर रु २१ करोड नौ लाख ७३ हजार ३७२ मूल्यमा खरीद बिक्री भयो । आज होटल उपसमूह बाहेक अरु सबै उपसमूहको शेयर मूल्य वृद्धि भएको छ । होटल २।३१ बिन्दुले घट्दा बैंकिङ ९।११, विकास बैंक ७।९१, जलविद्युत् ५।३१, वित्त १।३२, निर्जीवन बीमा ६२।४६, उत्पादन ८।२६, अन्य ६।२७, माइक्रोफाइनान्स १४।०३ र जीवनबीमा २६।२१ बिन्दुले बढेको छ । रासस