काठमाडौं, १५ भदौ । १८ बुँदे घोषणा पत्र जारी गर्दै चौथो विमस्टेक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको दोस्रो दिन सम्मलेनका एजेण्डामाथि छलफल सकेर १८ बुँदे काठमाडौ घोषणापत्र जारी गर्दै सम्मेलन समापन भएको घोषणा गरिएको हो ।
घोषणापत्रमा सातवटै सदस्य राष्ट्रका सरकार प्रमुखहरुले हस्ताक्षर गरेका छन् । सम्मेलन बिहिबारबाट काठमाडौँमा शुरु भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्य राष्ट्रको साझा प्रयास र सहकार्यबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रमा समृद्धि सम्भव हुने बताएका छन् ।
यहाँ जारी बिम्स्टेकको चौथो शिखर सम्मेलन समापन गर्दै उनले नेपालले सङ्गठनको अध्यक्षता गरेका बेला सदस्य राष्ट्रका राष्ट्राध्यक्ष÷सरकार प्रमुखबाट निरन्तर प्राप्त सहयोगप्रति आभार प्रकट गरे ।
प्रधानमन्त्रीले सम्मेलनबाट पारित १८ बुँदे घोषणापत्रको प्रभावकारी कार्यान्वयनमा सबैबाट सक्रिय सहयोग, साथ र समर्थन प्राप्त हुने विश्वास व्यक्त गरे ।
आजै बंगलादेश, म्यानमार, थाइल्याण्ड र भारतका सरकार तथा राष्ट्रप्रमुख स्वेदश फर्कने कार्यक्रम रहेको छ ।
तस्विर : मुकुन्द कालिकोटे