Logo

किन बोके मुख्यमन्त्री शाहीले यत्रो ढुङ्गा !



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले एक विद्यालयको भवन शिलान्यास गर्नुकासाथै ढुङ्गा बोकेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ स्थित सरस्वती बालविकास केन्द्रको भवन निर्माणमा मुख्यमन्त्री शाही सहभागि भएर श्रम गरेका हुन ।

प्रदेश सरकारले प्रत्येक महिनाको १ र १५ गते श्रम दिन घोषणा गरे अनुरुप आज मुख्यमन्त्री शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री विमला केसी काममा खटिएका थिए ।

मूख्यमन्त्री, मन्त्रीहरुनै श्रम गर्न लागेपछि अन्य सुरक्षा निकायका कर्मचारीहरुपनि श्रममा खटिएका थिए । कर्णाली प्रदेशका मुख्यमन्त्रीसँगै सुरक्षा निकायका सुरक्षाकर्मी, पत्रकार र सर्वसाधारण समेतको उपस्थिति रहेको थियो ।

तस्बिर–मुख्यमन्त्रीको सचिवालयबाट



प्रतिक्रिया दिनुहोस्