काठमाडौँ, १५ भदौ ।बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी भएर म्यान्माका राष्ट्रपति विन मिन्त आज अपराह्न स्वदेश फर्किएका छन् ।
उनलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाइ गरेका थिए ।
तस्विर : मुकुन्द कालिकोटे