Logo

कांग्रेसका तीन पूर्व मन्त्रीले ओलीलाई ज्ञापनपत्र बुझाउने



काठमाडौं, १६ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तीन जना प्रभावशाली नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज ज्ञापनपत्र बुझाउने भएका छन् ।

सदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने तीन जना पूर्वमन्त्री तथा प्रभावशाली केन्द्रिय नेताहरु रमेश लेखक, वीरबहादुर बलायर र दिलेन्द्र प्रसाद बडुले आज प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउन लागेका हुन् ।

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्न अपराधीलाई सरकारले अहिलेसम्म पक्राउ गर्न नसकेको भन्दै कांग्रेस नेताहरुले आज ओलीलाई दबाबस्वरुप ज्ञापनपत्र बुझाउन लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्