Logo

१५६ पटक रक्तदान गर्ने प्रेमसागर, यस्तो छ उनको सन्देश(भिडियोसहित)



भदौ १६, काठमाण्डौ । रक्तदान जीवनदान । विशिेषगरी उपचारका क्रममा विरामीलाई रगत चाहिन्छ । तर भनेको बेलामा उपयुक्त ग्रुपको रगत पाउन नसकेर कतिपय विरामीको उपचार नै रोकिने मात्रै होइन, ज्यानसमेत जाने गरेको छ ।

त्यस्ता विरामीको जीवन बन्दै आएका छन्, प्रेमसागर कर्माचार्य । नेपालमै सबैभन्दा बढी पटक रक्तदान गर्ने सूचीको पहिलो नम्बरमा रहेका प्रेमसागर कर्माचार्यले १ सय ५५ औ पटक रक्तदान गरेका छन् । डोटेली समाज काठमाडौले शनिबार काठमाडौको नयाँ बानेश्वरमा आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजमा अध्यक्ष समेत रहेका कर्माचार्यले १ सय ५५ औ पटक रक्तदान गरेका हुन् ।

१६ बर्ष देखि रक्तदान गर्न थालेका कर्माचार्यले त्यसयता हरेक तीन तीन महिनामा रक्तदान गर्दै आएका छन् । रक्तदान सम्वन्धी जनचेतना जगाउन हरेक पटकको रक्तदानका लागि उनी विभिन्न जिल्लाका समेत पुग्ने गरेका छन् । रक्त दान जीवन दान भएकाले आफ्नो स्वास्थ्य अनुकूलताअनुसार रक्तदानमा सहभागि हुनुपर्ने कर्माचार्यको भनाई छ । रक्तदान गरी अरुको ज्यान बचाउन उनले आग्रह गर्ने गरेका छन् ।

रगत नपाएर छटपटाएका विरामीका लागि कर्माचार्य बरदान सावित भएका छन् । रगतका चाहियो भन्न पुगेका व्यक्तिलाई उनले कहिल्यै रित्तो फर्काएका छैनन् । रात दिन, घाम पानी केही नभनी उनी आफै कुँदेर रगतको व्यवस्थापन गर्ने गर्दछन् । कर्माचार्यले गठन गरेको स्वयंसेवी रक्तदाता समूहको २३ वटा जिल्लामा शाखा विस्तार भइसकेको छ भने पाँच हजार जनाभन्दा बढी सदस्य छन् । समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० भन्दा बढिले रक्तदान गरेका थिए ।

हाम्रो देशमा विभिन्न संघरसंस्था र व्यक्तिहरूबाट हदैसम्मको रक्तदान कार्यक्रमको आयोजना र रक्तदान गर्ने कार्य नियमित भइ नै रहेको अवस्था छ । तर पनि विरामीले आवश्यक परेको बेलामा रगत नपाउने स्थिती छ । भएको रगतको पनि उचित व्यवस्थापन नहुँदा समस्या हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्