काठमाडौं, १६ भदौ । नेपाल चिकित्सक संघले भोलि नै डाक्टरहरुको प्रमाणपत्र (लाइसेन्स) मेडिकल काउन्सिलमा फिर्ता गर्ने भएको छ ।
१ भदौबाट कार्यान्वयमा आएको मुलुकी फौजदारी संहिता संशोधनको माग गर्दै संघले भोलि देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्न आहृवान गरेको छ । भोलि नै १० बजे माइतीघर मण्डला भेला हुने र मेडिकल काउन्सिल गएर प्रमाणपत्र बुझाइने डा. लोचन कार्कीले जानकारी दिए ।
संघले देशभरका चिकित्सकहरुलाई भदौ १५ सम्म आफ्नो प्रमाणपत्र बुझाउन भनेको थियो । अहिलेसम्म ३ हजार बढी चिकित्सकको प्रमाणपत्र जम्मा भएको र त्यसलाई भोलि काउन्सिलमा बुझाउन लागिएको संघका अध्यक्ष मुक्तिबाबु श्रेष्ठले बताए ।