Logo

‘बलात्कारलगायतका घटना हुन नदिन सबै पक्ष संयमित हुनुपर्छ’



काठमाडौं, १७ भदौ । प्रधानमन्त्री केपी ओलीले बालिका बलात्कारलगायतका घट्ना हुन नदिन सबैलाई गम्भीर बन्न आह्वान गरेका छन् ।

आइतबार सिंहदरबारमा संविधान दिवस, मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्म अनुशासनको माध्यामबाट मुलुकमा हिंसा, हत्या, बलात्कारलगायतको घटना हुन नदिन सबै पक्षलाई संयमित हुन पनि आग्रह गरे ।

प्रधानमन्त्री ओलीले बालिका बलात्कार, महिला हिंसालगायतका घटनालाई सरकारको कमजोरीको रुपमा मात्रै लिन नहुने पनि स्पष्ट पारे ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्