काठमाडौँ, १७ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेकी छिन् । तर, उनको सवारीका कारण सयौं जनताले ठूलो सास्ती खेप्नुपरेको छ ।
प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रही आएको छ । सोही परम्परा अनुसार राष्ट्रपति भण्डारीपनि आज कृष्ण मन्दिरका पूजारीबाट फूल एवं प्रसाद ग्रहण गर्न मन्दिर पुगेकी हुन् । तर, उनको सवारीका कारण उक्त रुटमा घण्टौंसम्म सवारी जाम भएको थियो ।
ट्राफिक आवगमन अवरुद्ध भएपछि सयौं यात्रूहरुले आज सास्ती व्यहोरेका थिए । मुलुकमा राजा फालिएपनि अझैपनि राजाकै सवारीको झल्को दिनेगरि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतको सवारी हुने गरेका छन् । यसबाट जनता आजित भैसकेका छन् ।