Logo

२७ राष्ट्रका उद्यमी महिलाहरुको सम्मेलन काठमाडौंमा सुरु (फोटोफिचर)



काठमाडौं, १८ भदौ । २७ राष्ट्रका उद्यमी महिलाहरुको अन्तर्रा्ष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा शुरु भएको छ । साउथ एसिया ओमेन डेभलमेन्टको आयोजनामा सुरु भएको सम्मेलनमा साउथ एसिया, युरोप र अरेबीयन गरी २७ राष्ट्रका उद्यमी महिलाहरुको सहभागिता रहेको छ ।

सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले हरेक क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको बताए । नेपालको हकमा राज्यको उच्च तहमा समेत महिलाहरुले नेतृत्व गरिसकेको भन्दै महिला सशक्तिकरणका लागि भने साझा पहलको खाँचो रहेको बताए ।

उनले अहिले पनि महिलाहरु हिंसामा पर्ने गरेको भन्दै महिलालाई आर्थिक तथा समाजिक दृष्टिले नै समान व्यवहार हुने तहमा पु¥याउन जोड दिए ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवलीले महिलालाई आर्थिक रुपमा पनि स्वतन्त्रता दिने अवस्था सृजना गर्दै उनीहरुलाई लगानीमा उत्साहित बनाउनुपर्छ भने ।

उनले महिलाको उपस्थिति हरेक क्षेत्रमा ३३ प्रतिशत सुनिश्चित गरिएको भन्दै महिला आफैं पनि यसलाई उपयोग गर्दै पचास प्रतिशतको हिस्सेदार बन्नुपर्छ भने । सम्मेलन तीन दिन सम्म चल्नेछ ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्