Logo

काठमाण्डौको फोहोरबाट विजुली कहिले ? यस्तो छ सम्भावना



भदौ १९,काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०७१÷७२ भित्रै काठमाडौं उपत्यका र अन्य शहरहरुको फोहोरबाट विद्युत उत्पादन सुरु गर्ने घोषणा गरेको थियो । लामो समय भइसक्दा सरकारले गरेको घोषणा नारामै सिमित बन्न पुगेको छ । यो बिचमा विद्युत उत्पादन गर्ने केहि प्रयाश भएपनि हालसम्म ठोस कार्य भने अघि बढ्न सकेको छैन् ।

फोहोरबाट विद्युत निकाल्ने सरकारी घोषणा नारामै सिमित बनेको हो । काठमाडौं महानगरपालिका अन्र्तगतको वातावरण विभागले उपत्यकाको फोहोरबाट ४० मेगावाट विद्युत उत्पादन गर्न सकिने प्रस्ताव गरेको थियो ।सुरुमा दैनिक १४ किलोवाट बिजुली उत्पादन गर्ने लक्ष्य थियो । विभागको सो कुरामा विदेशी कम्पनीहरुले चासो देखाएपछि पाँच वर्षअघि स्थानीय विकास मन्त्रालयले बोलपत्र आहृवान गरेको थियो । आवेदन दिनेमध्ये चार कम्पनी जर्मनका थिए । महानगरले १ करोड ८२ लाख रुपैयाँमा भारतबाट खरीद गरेको विद्युत् उत्पादन गर्ने मेसिनको सफल परीक्षण समेत गरिएको महानगरले जनाएको छ ।

काठमाडौंबाट निस्कने फोहोरबाट बिजुली उत्पादन गर्न एकीकृत दिगो फोहोरमैला व्यवस्थापन प्रवद्र्धन परियोजनाअन्तर्गत महानगरपालिकाले प्रक्रिया अघि बढाएको थियो । उक्त परियोजनामा युरोपेली संघ (ईयू) को ८० प्रतिशत र महानगरको २० प्रतिशत लगानी गर्ने गरी सम्झौता भएको थियो । परियोजनाको लागत करिब दुई करोड रुपैयाँ हुने महानगरको त्यसबेलाको अनुमान थियो । युरोपेली युनियनले आर्थिक सहयोग नै गर्ने भएपछि महानगरलाई फोहोरबाट बिजुली उत्पादन गर्न असहज थिएन । तर, फोहोरबाट विजुली निकाल्ने काम आजसम्म पनि पूरा हुन सकेको छैन ।

फोहोरबाट बिद्युत उत्पादन भएपछि फोहोर पनि हट्ने अनि विद्युत पनि आउने भन्दै धेरैले खुशी व्यतm गरेका थिए । तर, फोहोरबाट बिजुली भन्ने कुरा हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै लाग्न थालेको छ ।

फोहोरलाई मोहोरमा रुपान्तरण गर्ने घोषणाको कार्यान्वयनमा महानगर आफै पछि हट्दै गएको हो । महानगरको उतm नारा गफमै सिमित हुने पक्का भएपछि आलोचना बढ्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस्