Logo

स्थायी समिति बैठकले मन्त्री हेरफेर गर्ने निर्णय गर्छ : पौडेल



भदौ २०, काठमाण्डौ । सरकारको कामलाई लिएर जनतामा निराशा देखिएको छ । कतिपय मन्त्रीहरु त असफल नै भएको विश्ल्ेषण गर्न थालिएको छ ।

यता सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि मन्त्री परिवर्तन गर्नुपर्ने आशय व्यक्त गरेका छन् ।

उनले सरकारको समीक्षा सुरु भएको र अब केही कडा कदम चाल्नुपर्ने हुन सक्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले कोही एकजना मन्त्रीभन्दा राष्ट्र र पार्टी ठूलो भएको बताउनुले राम्रो काम गर्न नसक्ने मन्त्रीलाई हटाउनुपर्ने भन्ने बुझिन्छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टीका नेता देवेन्द्र पौडेलले पनि सरकारले गरेका कामको समिक्षा गर्नुपर्ने बताएका छन् ।

सरकारको कामप्रति जनगुनासो आउन थालेकाले स्थायी समिति बैठकले यसबारे समिक्षा गर्नुपर्ने पौडेलको तर्क थियो । जनताको पक्षमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा वृहत छलफल गरिने उनले बताए ।

विभिन्न संचारमाध्यममा सरकारका मन्त्रीको कामबारे प्रश्न उठाइए पनि त्यो सत्य भने नभएको पौडेलले बताए । अध्यक्ष दाहालले भनेको कुरा जायज भएको भन्दै उनले सरकारको कामको समिक्षा गर्नैपर्ने स्थिती रहेको बताए ।

“जनताको पक्षमा डेलिभरी दिने काम जुन तिब्रताका साथ हुनुपथ्र्यो त्यो भएको छैन । टिमवद्ध रुपमा पनि काम हुन सकेको छैन । यद्यपी केही नयाँ काम सुरु भएको छ ।” पौडेलले भने ।

प्रधानमन्त्री र मन्त्रीहरुबीच छलफल गरेर जनताको भावना सम्बोधन हुन नसकेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्