Logo

अमरेशले प्रधानमन्त्रीको राजिनामा मागेपछि महेश बस्नेतको काउण्टर(भिडियोसहित)



भदौ २०, काठमाण्डौ । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् ।

सरकार संविधानको उलंघन गर्दै स्वइच्छाचारी ढंगले चलेको भन्दै नेता सिंहले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद सिंहले संविधानको कार्यान्वयन गर्नु गराउनुपर्नेमा सरकार स्वंयम संविधान उलंघनमा सक्रिय भएकाले तत्काल राजीनामा दिनुपर्ने बताए ।

संविधानले नेपाली नागरिकलाई विनारोकतोक हिडडुल गर्ने स्वतन्त्रता दिएकोमा संविधानको उलंघन गर्दे सरकारले पुर्व लडाकु लेनिन बिष्टलाई विदेश जान रोक लगाएको उनको भनाइ थियो । सरकार स्वइच्छाचारी र निरंकुश बन्दै गईरहेको भन्दै उनले सरकारलाई निरंकुशता तर्फ जानबाट संसदले रोक्नुपर्ने बताए । मधेसीलाई कालो झण्डा देखाउने नाममा नियन्त्रणमा लिने र हत्या गर्ने काम सरकारबाट भएको भन्दै उहाँले कानुन अनुसार चल्न सरकारलाई चेतावनी दिए ।

नेकपाका सांसद महेश बस्नेतले भने सिंहले राजिनामा मागेकोप्रति आपत्ति जनाए । अध्यागमन विभागले एक जना व्यक्तिलाई फिर्ता गरेको विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा उठ्नु हास्यास्पद भएको टिप्पणी गरे ।

शंकास्पद कागज देखिएर रोकिएका व्यक्तिको विषयलाई तोडमोड गरेर प्रचार प्रशार गर्ने गरिएको भन्दै उनले आपत्ती जनाए ।



प्रतिक्रिया दिनुहोस्