काठमाडौं २१ भदौ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जादैछन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत जान लागेका हुन् । आज दिउँसो ३ बजे भारत भ्रमणमा जाने कार्यक्रम रहेको छ । उनी पार्टी अध्यक्षको हैसियतले भारत जान लागेपनि राजकीय सम्मान पाउने छन् । प्रचण्डले छलफल गर्न एजेण्डा पनि सरकारी रहेका छन् । भारतमा उनलाई उच्च सम्मानसहितको स्वागत गर्ने तयारी छ । प्रधानमन्त्रीको तहमा उनलाई आतिथ्यता प्रदान गरिनेछ ।
भारतमा रहँदा उनले प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेतासँग भेट गर्ने कार्यक्रम रहेको छ । भ्रमणको दोस्रो र तेस्रो दिन भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग दुई पटक छलफल गर्ने कार्यसूची रहेको छ ।
तीन दिने भ्रमणमा भारत सरकारले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भारतभ्रमणमा गरेको सम्झौताको कार्यान्वयन, दुईदेशबीचको सम्बन्धका विषयमा छलफल हुनेछ । भदौ ३० गते प्रचण्ड चीन भ्रमणमा जाने तयारीमा छ ।