Logo

सैन्य अभ्यास राष्ट्रहित विपरित छ भन्दा ओलीले हाँसोमा उडाउनु भयो: मिन विश्वर्कमा



काठमाडौं । नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले तयार अपुगका कारण केन्द्रीय समितिको वैठक परि सरेको बताएका छन् । नेपाली रेडियो नेटवर्क मार्फत प्रसारण हुने कार्यक्रम नेपाली वहसमा पत्रकार ऋषि धमलासँग कुराकानि गर्दै नेता विश्वकर्माले यस्तो जानकारी दिएका हुन ।

उनले भने,‘सहमतिका आधारमा पार्टी अघि बढ्नुपर्छ भन्ने सभापतिको आसय अनुसारनै केन्द्रीय समितिको वैठक पछि सरेको हो । सहमतिय माध्यम मार्फत पार्टीलाई अघि बढाउछु भनेर महाधिवेशन खानुभएको कसमका आधारमा उहाँले यसो भन्नु भएको हो, सर्वसम्वत निर्णयका आधारमा अघि बढ्ने हो ।’

कांग्रेस पार्टीमा भागबण्डा सकियो होईन ? भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने,‘यो पार्टी कुनै एक व्यक्तिले बनाएको पार्टी होईन, ७० वर्षे भन्दा बढि आयू बोकेको पार्टी नेपाली कांग्रेस हो, पाका नेताहरु, विद्धान नेताहरु, त्यागि, निष्ठावान नेताहरु र ठूलो बलिदानीको लगानीबाट बनेको पार्टी हो, सहमति गरेर सबैलाई समेटेर अघि बढुनुनै पार्टी सभापतिको कर्तव्य हो, पदमा बसेका मानिसको मात्रै पार्टी होईन, पदभन्दा बाहिर रहेका मानिसको पनि पार्टी हो ।’

कांग्रेस नेता मुखी भयो, जनता र कार्यकर्ता मुखि बन्न सकेन नि भनेर सोधिएका अर्को प्रश्नको जवाफमा उनले भने,‘ हाम्रो विगतलाई सम्झिदा विपी, गणेशमान र कृष्ण प्रसादकोबीचमा जुन प्रकारले सहमतिको आधारमा पार्टी अघि बढ्ेको ईतिहास छ, त्यसैगरि गिरिजा, शुसिल र देउवा अनि आज आएर देउवा, रामचन्द्र र कृष्ण सिटौलाकोबीचमा पनि यहि प्रकारको सहमतिको आधारमा पार्टी अघि बढ्नुपर्ने स्थिति छ ।’

उनले अघि थपे,‘पार्टीको विचार र मुलुकको आव्यकताको आधारमा अघि बढ्नुपर्छ, समस्या समाधानकबो लागि कांग्रेसमा केही समय बढि लागेको छ ।’

सत्ता पक्षका नेता भीम रावलले भन्दा पहिले सैन्य अभ्यासको बिरुद्धमा संसदमा कांग्रेसले बोलेको बताउदै नेता विश्वकर्माले व्यक्तिगत, राष्ट्रगत स्वास्र्थमा कुनैपनि निर्णय गर्दा त्यसको बिरुद्धमा कांग्रेस उभिने जिकिर गरे ।

उनले भने,‘संविधान विपरित,आन्तरिक रुपमा कम्जोर र संयुक्त राष्ट्र संघको वडापत्र विपरितमा जुन प्रस्ताव आएको छ, यो ठिक छैन् भनेर संसदमा भन्दा प्रधानमन्त्रीले उख्खान् टुक्का हालेर हासिमजाकमा उडाउनु भयो, यदि यो सरकार र जिम्मेवार व्यक्तिले गम्भिर विषयलाई यसरी हःका रुपमा लिन थाल्यो भने प्रतिपक्षको धैर्यताको बाध टुट्ने निश्चित छ ।’



प्रतिक्रिया दिनुहोस्