काठमाडौँ । नेपाल र भारतबीच सरकारी स्तरमा सहमति भए मात्र नेपालका ब्याङ्कहरूमा रहेका प्रतिबन्धित पुराना भारतीय पाँच सय र एक हजारका नोट साटिने नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूले बताएका छन्।
भारतीय रिजर्व ब्याङ्क र नेपाल राष्ट्र ब्याङ्कबीच भएका अहिलेसम्मका वार्तामा कुनै निष्कर्ष ननिस्केकाले अब दुई देशका सरकारबीच नै उक्त विषयमा छलफल हुनुपर्ने राष्ट्र ब्याङ्कका अधिकारीले बताए।
झण्डै दुई वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अकस्मात नोटबन्दीूको घोषणा गरेपछि हालसम्म पनि करोडौँ मूल्यका त्यस्ता भारु नेपाली ब्याङ्कहरूमा थन्किएका छन्।
गत साता आफ्नो वार्षिक प्रतिवेदन पेश गर्दै भारतीय केन्द्रीय ब्याङ्कले नोटबन्दीूपश्चात् लगभग सबै प्रतिबन्धित नोट भारतीय ब्याङ्किङ्ग प्रणालीमा फर्किएको उल्लेख गरेको थियो।
त्यसमा नेपालमा रहेका बाँकी त्यस्ता नोटबारे अब के हुने भन्ने उल्लेख छैन। अर्थात् भारतले नेपालमा थन्किएका पुराना प्रतिबन्धित भारु नलिने आशय देखिएको छ। नोटबन्दीूको घोषणा लगत्तै देखि नेपाल राष्ट्र ब्याङ्क तथा रिजर्व ब्याङ्कबीच पटकपटक छलफल भए।
तर राष्ट्र ब्याङ्कका विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगाना स्वयम् ठान्छन् यसको समाधान ती ब्याङ्कको हातमा अब छैन।नेपाल र भारतका सरकारबीच उच्च स्तर मै ठोस पहल भए मात्र नेपालमा रहेका ती नोट साटिने अवस्था आउने उनले बताए।
उनले भने, नोटबन्दीु गरेको भारत सरकारले हो। नेपाल सरकार र भारत सरकारबीच सहमति भयो भने नोट साट्न सम्भव छ। तर अहिलेसम्मको अवस्था हेर्दा सरकारले नै ठोस पहल गर्नुपर्ने देखिन्छ।
नेपाल सरकार र भारत सरकारबीच सहमति भयो भने नोट साट्न सम्भव छ। तर अहिलेसम्मको अवस्था हेर्दा सरकारले नै ठोस पहल गर्नुपर्ने देखिन्छ।भिष्मराज ढुंगाना, कार्यकारी निर्देशक, विदेशी विनिमय व्यवस्थापन विभाग, राष्ट्र ब्याङ्कनेपालमा प्रतिबन्धित पाँच सय र एक हजार रुपैयाँका करिब ८ करोड रुपैयाँ रहेको अनुमान राष्ट्र ब्याङ्कको छ।तर सर्वसाधारणसँग पनि धेरै परिमाणमा त्यस्ता भारतीय रुपैयाँ रहेकाले उनीहरूलाई ठूलै मर्का परेको नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए।
उनले भने, ब्याङ्कहरुलाई त करिब आठ करोड घाटा भयो। तर सर्वसाधारणले भारतमा रोजगारी गरेर कमाएर ल्याएका पैसा पनि साटिएनन्। धेरै सर्वसाधारणको भारु घरमा थन्केका छन्। भारतले नोटबन्दीूको प्रक्रिया लगभग समाप्त भएको जनाएका समाचार प्रकाशमा आएका छन्। उस्तै समस्या परेको भुटानको भारु साटिदिएको तर नेपालको भने नसाटिदिएकोमा राष्ट्र ब्याङ्कका अधिकारीहरू समेत आक्रोशित सुनिन्छन्।
कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले भने, त्यस्तै पैसा भुटानको साट्ने। अनि नेपालको चाहिँ किन नसाट्ने? त्यस्तो त नहुनु पर्ने हो।
साढे तीन महिना जति पहिला जनकपुर र मुक्तिनाथ दर्शन गर्न आएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रहेका भारतीय पाँचसय र एक हजारका नोट साट्ने व्यवस्था गरिदिन आग्रह गरेका थिए।तर ती कुराकानी हालसम्म फलदायी भएका छैनन्।बीबीसी