काठमाडौं, २१ भदौ । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले पत्रकारहरुलाई समाचार लेखेकै भरमा हिरासतमा राख्ने प्रावधान नयाँ संहितामा व्यवस्था गरिएकोले यसलाई अविलम्ब संशोधन गर्नुपर्ने माग गरे ।
उनले भने,‘मुलुकको हरेक आन्दोलनमा पत्रकारहरुको ठूलो हात छ । पत्रकार र कानून व्यवासायीहरु सडकमा नआएको भए मुलुकमा अहिले यतिकै संघीय लोकतान्त्रिक गणतन्त्र आउने थिएन । परिवर्तन ल्याउनको लागि पत्रकारहरुको ठूलो हात छ । त्यसैले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रावधानहरु हामीलाई स्विकार्य छैन । रिपोर्टर्स क्लब पत्रकार महासंघले उठाएको मागमा एक्येबद्धता जनाउँछ ।’
उनले भने,‘समाचार लेखेकै भरमा एकजना पत्रकारपनि जेल जानुपर्ने अवस्था आयो भने देशभरिका सबै पत्रकारहरु एकसाथ जेल जान तयार छौं ।’