भदौ २२, काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघको २०औँ साधारणसभा असोज ५ र ६ मा काठमाडौंमा हुँदैछ । साधारणसभाले महासंघको नयाँ कार्यसमिति पनि चयन गर्ने छ ।
चुनावमार्फत नयाँ नेतृत्व चयन हुने भएकाले महासंघमा आवद्ध निर्माण व्यवसायीहरु अहिले चुनावको आन्तरिक तयारीमा जुटेका छन् ।
अध्यक्षका लागि अहिलेका महासचिव रामशरण देउजा अघि सर्ने भएका छन् । आर कोमल कन्स्ट्रक्सनका संचालक देउजा तल्लो तहदेखि अनुभव बटुल्दै अहिले महासचिव भइसकेका छन् । अबको कार्यकालका लागि उनले अध्यक्षमा उम्मेदवारी दिने भएका हुन् ।
महासंघभित्र राम्रो छवी बनाएका देउजाले त चुनावी अभियान नै सुरु गरिसकेका छन् । उनले चुनावलाई लक्षित गरी “अहिलेको आवश्यकता युवाहरुको सामुहिक नेतृत्व र ऐक्यवद्धता, अग्रजहरुको सम्मान र व्यवसायिक अनेकता भित्रको एकता, विकेन्द्रिकरण र अवसरको सुनिश्चितता यही हो मेरो प्रतिवद्धता ।” भन्ने नारा उठान गरेका छन् ।
देशभर करिब १८ हजार निर्माण व्यवसायी रहेका छन् ।