काठमाडौं, २३ भदौ । अल्टिच्युट एयरको हराइरहेको हेलिकोप्टर धादिङ जिल्लाको सत्यवती गाउँपालिकाको घना जंगलको बीचमा दुर्घटनाग्रस्त अवस्थामा देखिएको छ।
शनिबार बिहान गोरखाबाट काठमाडौँका लागि उडेको एएलएस कल साइन एएस३०५ को हेलिकोप्टर धादिङ, सत्यदेवीको जंगलमा दुर्घटना भएको अवस्थामा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए।
क्षेत्रीका अनुसरा हेलिकोप्टर ५ हजार ५ सय मिटरको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। हेलिकोप्टरमा एक जापानी र चालक दलका सदस्य सहित ७ जना सवार थिए।