Logo

गाडीमा हिँड्दा हिँड्दै ब्रेक फेल गराएर मारिदिने धम्की आयो : विरेन्द्र केसी



भदौ २६, काठमाण्डौ । निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणको सत्यतथ्य बाहिर ल्याउन गठित समितिबाट राजिनामा दिएका सदस्य विरेन्द्र केसीले आफूलाई असहज महसुश भएकाले राजिनामा दिन बाध्य भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै केसीले अनुसन्धानका क्रममा आफूलाई जे पनि हुन सक्ने चेतावनी आएको बताए ।

“तपाई सुरक्षित भएर हिँड्नुहोला । जे पनि हुन सक्छ । पब्लिकले कुटेर पनि मार्न सक्छन् । गाडीमा हिँड्दा हिँड्दै ब्रेक फेल गराएर पनि मारिदिन सक्छन् । यसकारण तपाई सचेत हुनुस भनियो ।” केसीले भने ।

अनुसन्धानको क्रममा आफू मानिसक पिडामा गुज्रिनुपरेको केसीले बताए । “राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था, सञ्चार जगत र राजनीतिक दल लगायतलाई मेरो जीवनरक्षाको लागि सहयोग गरिदिन अपिल गर्दछु ।” केसीले भने ।

आफूले अहिलेसम्म कुनै पनि गलत काम नगरेको जिकिर गर्दै केसीले आफ्नो जागीर धराप नपर्ने विश्वास व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्