Logo

कर्मचारीलाई कंशकारको ढाडस : ‘ओली रहेसम्म मलाई कसैले छुन सक्दैन्’



काठमाडौं, २६ भदौ । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारले कर्मचारीहरुसँग हिजो छलफल गरेर आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ठूलो आर्शिवाद’ रहेको भन्दै आफूलाई हटाउने कुरा हल्लामात्रै भएको बताएको खुलासा भएको छ ।

स्रोतका अनुसार महाप्रबन्धक कंशकारले केही दिनदेखि आफूविरुद्ध अफवाह फैलाईएको भन्दै हल्लाको पछि नलाग्न कर्मचारीलाई आग्रह गरेका थिए । कंशकार एअरबस ३३०—२०० सेरिजका २ थान ‘वाइड बडी’को खरिदमा आएको कमिशन र उत्पादक कम्पनीले दिएको छुटमा ब्रम्हलुट मच्चाएका कारण विवादमा तानिएका थिए । त्यसैलाई आधार मानेर आफूलाई हटाउन लागेको थाहा पाएपछि कर्मचारीलाई बोलाएर कंशकारले हल्लाको पछि नलाग्न आग्रह गरे ।

‘वाईड बडी’ खरिदमा कंशकारले अर्बौ रुपैयाँ हिनामिना गरेको समाचारहरु एकपछि अर्कोगरि आउन थालेपछि यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै चासो देखाएका थिए । तर, हिजोको कर्मचारीहरुसँगको छलफलमा उनले आफूलाई प्रधानमन्त्री ओलीको ढाप छ, मलाई हटाएरु कोही कार्यकारी अध्यक्षपनि आउँदैन् । तपाईहरु यो कुरामा क्लियर हुनुहोस्।’

उनले कर्मचारीलाई यो देशमा केपी ओली भैरहँदा आफुलाई कसैले छुन नसक्नेपनि ढाढस दिएको स्रोतको दाबी छ । उनले कर्मचारीसँग गरेको कुरा सुनाउँदै स्रोतले भन्यो,‘मेरो जागिर खानको लागि अहिले धेरै मान्छे फाईल बोकेर विभिन्न शक्ति केन्द्रहरु हिँडिरहेका छन् । उनीहरुको सपना पूरा हुन सकेन् । तपाईहरुपनि हल्लाको पछि नलाग्नुहोस् । निगमको महाप्रबन्धक मै हुँ । अरु कोही पनि आउँदैनन्।’

उनले आफूले वाईड बडी सस्तोमा ल्याएको दाबी गर्दै आएका छन । यद्धपी जहाज खरिदामा घोटाला भएको शंका भए छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताउँदै आएका छन् । उनले आफूलाई मन्त्री र सचिवको सहयोग नभएपनि प्रधानमन्त्री ओलीको पूरापुर सहयोग रहेको दाबी गरेका छन् ।

यो पनि पढ्नुहोस :

बालबाल जोगियो सुगतरत्नको जागिर : सचिवको ‘आईडिया’, मन्त्रीको ‘पावर’ !

निगमका महाप्रबन्धक कंशकार ‘वाइड बडी’को खरिदको कमिशन खाएर ब्रम्हलुट मच्चाउँदै, महालेखाले उठायो प्रश्न



प्रतिक्रिया दिनुहोस्