काठमाडौं, २६ भदौ । निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिबाट राजिनामा दिएका सदस्य बीरेन्द्र बहादुर केसीलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले खोजेपछि उनी मोवाईल अफ गरेर सम्पर्कविहिन बन्ने तयारीमा छन् ।
७ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप–सचिवसमेत रहेका सदस्य केसीले सोमबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिबाट राजीनामा दिएको जानकारी गराएका थिए ।
केसीले छानबिनबारे थप भएको म्यादमा असन्तुष्टि जनाएका थिए । उनले भनेका थिए,‘निर्मलाको न्यायका लागिनै मैले राजीनामा दिएको हुँ । म्याद थप गरिएकोमा मेरो असन्तुष्टि हो। अब म समितिमा बसेर काम गर्दिनँ।’
उनको राजिनामापछि एकाएक देशमा हलचल मच्चिएपछि गृहमन्त्री थापाले आज उनलाई वास्तविकता के हो भनेर बुझ्नको लागि सम्पर्क गर्न खोज्दा उनी यतिवेला मोवाईल नै स्विच अफ गरेर सम्पर्कविहिन बन्ने अवस्थामा पुगेको उनले आफू निकटसँग बताएको स्रोतको दाबी छ ।